नियम ३१
बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति बनाई पेश गर्ने
बजेटसाथ व्यवस्थापिका– संसदमा पेश गर्न मन्त्रालय तथा अन्तर्गत कार्यालयलाई निकासा भएको बजेट रकम, खर्च तथा खर्च अनुसारको लक्ष्य र प्रगति प्रत्येक सालको चैत्र महिनाभित्र अर्थ मन्त्रालयमा पेश गर्नु सबै मन्त्रालयको उत्तरदायित्व हुनेछ ।